Wednesday, October 25, 2006

हनुमानको भ्रमण

एकपटक हनुमान पृथ्वी भ्रमण गर्न निस्केछन् । पृथ्वी लोकमा उनी जहाँ जहाँ पुग्थे सबै पृथ्वीबासीहरु हेर्दै जिस्काएझै गरी हाँसिरहेका हुन्थे । यो देखेर उनलाई आश्चर्य लागेछ । र, केही युवतीहरुको नजिग गएर सोधेछन् ।

हनुमान : हैन यहाँका बासीहरु मलाई देखेर किन हाँसिरहेका छन् हँ ?
युवतीहरु : (हाँसोको फोहोरा छोडदै) तिम्रै रुप रङ्ग दे्खेर हाँसेका नी ।
हनुमान : के रे तिमीहरुले मलाई जिस्काएको । तिमीहरुलाई थाहा छैन, म रामभक्त हनुमान हुँ भन्ने कुरा ।
युवतीहरु : हनुमान चाहिँ होइन हनुमानको फ्यानजस्तो चै छौं । पुच्छर पनि क्या सुहाएको, गाला पनि उस्तै रै'छ ।
हनुमान : (रिसाउँदै) तिमीहरुलाई अझै विश्वास लागेन म वास्तविक हनुमान नै हुँ ।तिमीहरुलाई म कसरी विश्वास दिलाऊँ ।
युवतीहरुः यदि तिमी साँच्चै हनुमान हौ भने ल छाती चिरेर राम र सीता देखाउ त ।
हनुमान : किन देखाउन नसक्नु, ल हेर (यति भन्दै हनुमानले छाती चिरेर राम र सीता देखाउन के लागेका थिए । राम हनुमानको छातीबाट बाहिर आएर उनको गालामा एक झापड जमाएर हानेछन् )
हनुमान : (गाला माड्दै) हैन प्रभू तपाईले मलाई किन कुट्नु भएको मैले त्यस्तो केही पाप गरे जस्तो लाग्दैन ?
राम : (रिसाउँदै) अझ के पाप गरेँ भन्छस् तँलाई जहाँ पायो त्यही छाती चिरेर देखाउनुपर्छ ? यहाँ सीता भित्र कपडा फेर्दै छिन भन्ने कुरा तलाई थाहा छैन ।

No comments: