Wednesday, October 25, 2006

गिरिजा आऊ, राजा बचाऊ

केही समयअघिको कुरा हो, देशमा 'राजा आऊ, देश बचाऊ' भन्ने एउटा नारा खूब लाग्ने गथ्र्यो । देश खत्तम हुन लाग्यो, अब राजा आएर बचाउनुपर्‍यो भन्ने त्यो नाराको आशय हुन्थ्यो । तर, भइदियो के भने राजा आएर देश बचाउन त कहाहो कहाउल्टो राजालाई नै बचाउनुपर्ने अवस्था आइदियो । राजनीतिक परिस्थितिले गर्दा देश त बच्यो तर राजाचाहिबचेन । त्यसैले अब राजा बचाउन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आफैं कस्सिनुभएको छ ।

त्यही भएर होला, अब हामीले पुरानो नारालाई परिमार्जन गरी नयाबनाउनुपरेको छ । अब बन्ने नयानारा शायद यस्तो हुन्छ होला- गिरिजा आऊ, राजा बचाऊ । अहिले राजालाई बचाउन गिरिजाबाबु मात्रै लागिरहनुभएको कारण सबै दरबारियाहरु एउटै मुखले भनिरहेका छन्- 'गिरिजा आऊ, राजा बचाऊ ।' अझ भनौं भने जो मण्डलेहरु पहिले 'राजा आऊ, देश बचाऊ' भन्थे, अहिले उनीहरु नै आफ्नो नारा परिवर्तन गरी 'गिरिजा आऊ, राजा बचाऊ' भनिरहेका छन् । अहिले राजा बचाउन गिरिजाबाबु यसरी लागिरहनुभएको छ कि त्यति त उहास्वयंलाई बचाउन पनि लाग्नुभएको थिएन । कांग्रेस विभाजन हुदा कांग्रेसलाई बचाउन पनि उहायसरी लाग्नुभएको थिएन । गिरिजाबाबुको राजमोह अपरम्पार छ ।

No comments: