Wednesday, October 25, 2006

थ्रिलर जोक।। डरको साथसाथै हाँसो

एउटा नेपाली हिरो सुटिङ्ग सिद्धाएर घर फर्कदै रहिछ । रातको १२ बजिसकेको थियो । फिल्मको मात्र हिरो साँच्चै चैं एकदम काथ्थर रहिछ । फेरि त्यसको घर मसानघाट बाट जानुपर्ने रहिछ । जति जति मसानघाट नजिको आयो त्यसको मनले त्यतिनै ढ्याङ्ग्रो दnbsp;ोक्दो रहिछ । मसानघाटको नजिक आएपछि लिफ्ट लिने सोचेछ । परबाट एउट गाडी एकदम स्पिडमा आईराखेको थियो । त्यसलाई रोक्न खोजेछ तर त्यो गाडी नरोकिकन गएछ । कुनै पनि गाडी नरोकेपछि 'जुन गाडी आँउछ त्यसलाई रोक्दै नरोकी यसै चढ्छु जे पर्ला पर्ला' भन्ने सोचेछ । भाग्गे ले पनि कस्तो साथ दिएको एउट गाडी अतिनै बिस्तारै आईराखेको रहिछ । गाडी नजिक आएपछि मौका हेरेर हत न पत गाडीमा चढेछ र लामो सास फेरेछ । गाडीमा चढेर दंग परेको त यसो अगाडी हेर्छ त ड्राईभर नै छैन । ल बब्बाल।। त्यो त डरले झन थुर थुर काम्न थाल्यो । बाहिर जाँउ भने मसानघाटको बाटो गाडीमै बसौं भने ड्राईभर नै छैन, गाडी त यसै चलिरहाछ । जे सुकै होस् भन्ने सोचेर डर मानी मानी गाडी मैं बसेछ । एकछिनमा पेट्रोल पम्प नजिक आएर गाडी रोकिएछ । त्यसको घर पनि त्यहीं नजिक रहिछ । हत न पत गाडीबाट ओर्लेर यसो पर मात्र के पुगेको थियो त्यो गाडीमा त अर्कै मान्छे चढ्न लागेको देख्यो । त्यसलाई भन्नु पर्यो भन्नि सोचेर 'ए दाई ए दाई यो गाडी नचढ्नुस् यसमा त ड्राईभर नै छैन यो त आफैं चल्छ ' भनेछ । त्यो मान्छेले त्यसलाई एक झ्याप्पड हानेर भनेछ ' पेट्रोल सिध्दकोले दु:ख गरि गरि त्यति टाढा बाट गाडी धकेली धकेली ल्याको त तँ मेरो गाडीमा पो बसिराखेको थिईस्'

No comments: