Wednesday, October 25, 2006

ब्यापारी बुद्धी

एकजना ब्यापारीको छोराले एसएलसि पास गर्यो । यस खुशीयालीमा उसले एककिलो लड्डु लगेर आफ्नो बाबुलाई दिँदै भन्योः
छोरोः बाबा, मैले गणीतको परिक्षामा १०० मा ९५ ल्याएँ ।
बाबु: नालायक, यो पनि खुशी हुने कुरो हो कहिँ ?
छोरोः १०० मा ९५ ल्याउनु भनेको एकदम राम्रो हो नि बाबा ।
बाबुः वाहियात, हामी सयको मालबाट १५० सम्म ल्याउँछौं, तैले भने १०० मा पनि ५ घटाइस् !!

No comments: