Wednesday, October 25, 2006

पापी आमा

गर्भवती आमाको काखमा बसेर ३ बर्षकी मेमोरी खेलरहेकी छे ।
मेमोरीः (मम्मीको गर्भपेटमा देखाउँदै) मम्मी, हजुरको भुँडी किन यत्रो ठुलो भएको ।
मम्मीः नानु, यो बाबु हो । मेरो पेटभित्र सानो बाबु छ ।
मेमोरीः हजुर त कस्तो पापी !
मम्मीः किन नि ?
मेमोरीः त्यति सानो बाबुलाई किन खानुभएको त ???

डेटिङ्को पहिलो दिन

प्रेमिका अँगालोमा बाधिएकी छिन्
म उनको काखमा बसेको छु
हातमाथी हात राखेर जोडले कसेको छु
म भन्छु: ' तिम्रालागी ज्यान दिन्छु
तिमी भन मात्र, लण्डनमा घर किन्छु ।'

अब बोल्ने उनको पालो थियो
सल्काउनु थियो अब प्रेमको दियो
कपाल खेलाउँदै, बोलिन् मेरी माया,
'तिम्रो टाउकोमा कति धेरै चाया !'

हनिमुनको पहिलोदिन ।

प्रेमी: सरिता
प्रेमिका: हजुर ।
प्रेम: आजको म तिमीलाई एउटा कुरो सोधौँ ?
प्रेमिका: सोधन ।
उनीः के साँच्चै तिम्रो जिवनमा आएको म नै पहिलो पुरुष हुँ ?
प्रेमिका: हो नि । म पनि एउटा कुरो सोधौँ ?
प्रेमी: सोध न ।
प्रेमिका: किन सबैजना मलाई यही प्रश्न सोध्छन् जहिलेपनि डार्लिग् ?

को रहेछन् प्रचण्ड ?

माओबादी कार्यकर्ताहरु प्रचण्डको पोष्टर टाँस्दै थिए ।

यसै क्रममा उनिहरुले बनेपामा रहेको राजा त्रिभुवनको शालिकमा पनि प्रचण्डको पोष्टर टाँसी दिए । पोष्टर यसरी टाँसीदिए कि, सिँगो शालिक राजा त्रिभुवनको नभएर प्रचण्डकै हो जस्तो देखिन्थ्यो ।

भोलीपल्ट बिहानै उक्त शालिक हेरेर एकजना बृद्धले ओठ लेप्राउँदै भनेछन्......प्रचण्ड भनेको त को को न होला भनेको त राजा त्रिभुवनको नै पो रहेछन् ।

दश नेपाली एस्एमएस् सेवा

10.K 6 Mitra ? Sanchai ?? Dimag Tik 6 ??? Jada Pakhala Cha ki ? Aula Ma Kunai

Biram Chhaina !! Eye pani ? Teso BhaA SMS Garna Sakchhau ni Yaar …!!!!!

9.Q: Buhari le ParaPurush Sanga Sambandha Rakhda Pani Sasu Kehi Pani

Boldinan ! Kina ?

A: Kina Ki ‘SAAS VI KABHI BAHU THI’.!

8.Tmi mero Frnd,

25% Hanso

25% Aasu

25% REEs

25% Khushi

In total: 100% P.A.G.A.L.

7.Prem Ma Nindra Haruchha re. Kasaile ma sanga pani Lov garos…….Kina ki

KHUB NINDRA LAGCHHA Yaar. !!

6.Timi mero Aagan ma aayu, Little Muskaau, Little Lajau, Little Daraau…. Ani

Jorle Chichyau….A KHALI SISI, PURANA KAGAJ !!

5.Rajesh Ko Big, Niruta Ko Small, RAKCHHK ma Agadi Bata, SHAHAR ma

Pachhadi Bata, RAHAR ma aghi Pachhi Dubai TiraBata…K ho yesto ?

Tyo ho, English ko Letter “R”

4.Q:A Lovi BAHUN Jhapa STD call Garnu Parda, K garla ?

A: Jhapa Pugera Local cal Garchha.

3.A Magar Wants To Divorce .

Juz: 3 Santan Kasari Barabari Bhag Lauchhau ?

Limbu: Next year Divorce garchhu.

2.Mangalsutra K Ho ?

Kamasutra use Garne License.

1.I lov u.

I love u.

I lov u.

I lov u.

Kina Bhane,

Chidiakhana ma lekheko Chha-‘ Janawar lai maya Garau.’

Bonus:

1.Boy: If I Kiss u, Wht do u Think?

Gal: T Think, Euta Bebkuf, Jo Pura Sworgalok Ghumna Sakthiyo,

Beech Batai Farkiyo .

2. Sansarma jaba Janmiau, Gara yesto Kaam,

Sansarma jaba Janmiau, Gara yesto Kaam,

Jun Jun Galli ma Janchhau,

Bachha haru BABA bhanun Lidai Timro Naam.

गिरिजा आऊ, राजा बचाऊ

केही समयअघिको कुरा हो, देशमा 'राजा आऊ, देश बचाऊ' भन्ने एउटा नारा खूब लाग्ने गथ्र्यो । देश खत्तम हुन लाग्यो, अब राजा आएर बचाउनुपर्‍यो भन्ने त्यो नाराको आशय हुन्थ्यो । तर, भइदियो के भने राजा आएर देश बचाउन त कहाहो कहाउल्टो राजालाई नै बचाउनुपर्ने अवस्था आइदियो । राजनीतिक परिस्थितिले गर्दा देश त बच्यो तर राजाचाहिबचेन । त्यसैले अब राजा बचाउन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आफैं कस्सिनुभएको छ ।

त्यही भएर होला, अब हामीले पुरानो नारालाई परिमार्जन गरी नयाबनाउनुपरेको छ । अब बन्ने नयानारा शायद यस्तो हुन्छ होला- गिरिजा आऊ, राजा बचाऊ । अहिले राजालाई बचाउन गिरिजाबाबु मात्रै लागिरहनुभएको कारण सबै दरबारियाहरु एउटै मुखले भनिरहेका छन्- 'गिरिजा आऊ, राजा बचाऊ ।' अझ भनौं भने जो मण्डलेहरु पहिले 'राजा आऊ, देश बचाऊ' भन्थे, अहिले उनीहरु नै आफ्नो नारा परिवर्तन गरी 'गिरिजा आऊ, राजा बचाऊ' भनिरहेका छन् । अहिले राजा बचाउन गिरिजाबाबु यसरी लागिरहनुभएको छ कि त्यति त उहास्वयंलाई बचाउन पनि लाग्नुभएको थिएन । कांग्रेस विभाजन हुदा कांग्रेसलाई बचाउन पनि उहायसरी लाग्नुभएको थिएन । गिरिजाबाबुको राजमोह अपरम्पार छ ।

नेपाङ्ग्रेजी गीतहरु

एकनाले बन्दुक दुइनाले बन्दुक
मृगलाई ताकेको
मृगलाई मैले ताकेको हैन
मायालाई डाकेको ।
One Barrel Gun, Two Barrel Gun
Aiming at a deer
I’m not aiming at no deer
I’m aiming at you, My dear
.

म माहुरी हुँ राधा
तिमी आँप मञ्जरी हौ ।
I am a bee RADHA
You are a mango tree.

रातो टिका निधारमा टलक्क टल्कियो
छाती भित्र मायाको आगो सल्कियो
ए बिजुलीको तार....तार........ तार.....
फुर्सद भए ए हजुर भेटौं शनिबार ।

ब्यापारी बुद्धी

एकजना ब्यापारीको छोराले एसएलसि पास गर्यो । यस खुशीयालीमा उसले एककिलो लड्डु लगेर आफ्नो बाबुलाई दिँदै भन्योः
छोरोः बाबा, मैले गणीतको परिक्षामा १०० मा ९५ ल्याएँ ।
बाबु: नालायक, यो पनि खुशी हुने कुरो हो कहिँ ?
छोरोः १०० मा ९५ ल्याउनु भनेको एकदम राम्रो हो नि बाबा ।
बाबुः वाहियात, हामी सयको मालबाट १५० सम्म ल्याउँछौं, तैले भने १०० मा पनि ५ घटाइस् !!

गोर्खाली अंग्रेजी

तालुमा आलु फल :Potato grows on head
हावा खानु :
Eat the air
टाउकोमा टेक्नु :
Step on the head
नाक राख्नु :
Put the Nose
हातपात गर्नु :
Do Hand & leaf
नाक काट्नु :
Cut The nose
थाङ्नामा सुताउनु :
Sleep on the Rags
ठाडो पुच्छर लाउनु :
Make Vertical the tail
तोरीका फुल देख्नु :
To see the Mustard oil
ओए साले, मारिदिउँ :
OI brother in law , Killun
धोती न टोपी हुनु :
Neither Dhoti Nor topi
गोरु नाक साइनो :
Ox selling relation
घैँटामा घाम लाग्नु :
Shining the sun on the pot
बाबुको बिहे देख्नु :
To see the Father’s Marriage

थ्रिलर जोक।। डरको साथसाथै हाँसो

एउटा नेपाली हिरो सुटिङ्ग सिद्धाएर घर फर्कदै रहिछ । रातको १२ बजिसकेको थियो । फिल्मको मात्र हिरो साँच्चै चैं एकदम काथ्थर रहिछ । फेरि त्यसको घर मसानघाट बाट जानुपर्ने रहिछ । जति जति मसानघाट नजिको आयो त्यसको मनले त्यतिनै ढ्याङ्ग्रो दnbsp;ोक्दो रहिछ । मसानघाटको नजिक आएपछि लिफ्ट लिने सोचेछ । परबाट एउट गाडी एकदम स्पिडमा आईराखेको थियो । त्यसलाई रोक्न खोजेछ तर त्यो गाडी नरोकिकन गएछ । कुनै पनि गाडी नरोकेपछि 'जुन गाडी आँउछ त्यसलाई रोक्दै नरोकी यसै चढ्छु जे पर्ला पर्ला' भन्ने सोचेछ । भाग्गे ले पनि कस्तो साथ दिएको एउट गाडी अतिनै बिस्तारै आईराखेको रहिछ । गाडी नजिक आएपछि मौका हेरेर हत न पत गाडीमा चढेछ र लामो सास फेरेछ । गाडीमा चढेर दंग परेको त यसो अगाडी हेर्छ त ड्राईभर नै छैन । ल बब्बाल।। त्यो त डरले झन थुर थुर काम्न थाल्यो । बाहिर जाँउ भने मसानघाटको बाटो गाडीमै बसौं भने ड्राईभर नै छैन, गाडी त यसै चलिरहाछ । जे सुकै होस् भन्ने सोचेर डर मानी मानी गाडी मैं बसेछ । एकछिनमा पेट्रोल पम्प नजिक आएर गाडी रोकिएछ । त्यसको घर पनि त्यहीं नजिक रहिछ । हत न पत गाडीबाट ओर्लेर यसो पर मात्र के पुगेको थियो त्यो गाडीमा त अर्कै मान्छे चढ्न लागेको देख्यो । त्यसलाई भन्नु पर्यो भन्नि सोचेर 'ए दाई ए दाई यो गाडी नचढ्नुस् यसमा त ड्राईभर नै छैन यो त आफैं चल्छ ' भनेछ । त्यो मान्छेले त्यसलाई एक झ्याप्पड हानेर भनेछ ' पेट्रोल सिध्दकोले दु:ख गरि गरि त्यति टाढा बाट गाडी धकेली धकेली ल्याको त तँ मेरो गाडीमा पो बसिराखेको थिईस्'

मालिक र नोकर

आफ्नो घरमा अफिसबाट फोन गर्दै –
मालिक : (हेलो भन्न नपाउँदै) ओहि तेरो मालिक्नि कहाँ छे ।
नोकर : उहाँ त एकजना सहाबसँग bed room मा हुनुहुन्छ ।
मालिक : (एकछिन घोरिएपछि) तँ मैंले भनेको काम गर म तँलाई टन्न पैसा दिन्छु ।
नोकर : हुन्छ साहब । मैंले के गर्नु पर्यो ?
मालिक : तँ गएर ति दुईजनालाई मारिदिए ।
नोकेर : (मारेर आएपछि) हजुर साहब, मैंले दुईजनालाई नै सिध्दाए । लास कहाँ फ्याल्ने ।
मालिक : लगेर swimming pool मा फालिदे
नोकेर : तर हामीकहाँ swimming pool कहाँ छ र ?
मालिक : sorry wrong no.

नेपाली प्रेम पत्र(लवलेटर)

iप्रहरीको लवलेटर
मेरो हृदयकी नाइटभिजन, लङ्गरेन्जको भन्दा लामो तथा बंकरभन्दा गहिरो माया !
आत्माकी सेन्ट्री, सेक्यरिटीवाल भन्दा मजबुत प्यार । मेरो दिमागकी एम्बुस, ब्ल्यांकफायर
भन्दा धेरै क्लियर संझना । प्यारी, मेरो सानो मिसफायरमा तिमी मेरो घेरा तोडेर माइत गयौं,
मेरो मनमा र्कफ्यु लागेको छ । तुरुन्त आत्मसर्मपण गरिदेउ, हैन भने, हातहतियार सहित माइतमा आक्रमण हुनेछ !!
उहि तिमीलाई सधैँ सुरक्षा दिने
हवल्दार 'काले'

कम्प्युटर अपरेटरको प्रेमपत्र
जिन्दगीकी कन्ट्रोल प्यानल, हन्ड्रेड जिबीको माया ! मैले १एमबी मायााको लागी कतिपटक एप्लाई गरेँ, तर कहिल्यै पनि ओ.के. गरिनौ । तिम्रो पिक्चर मेरो हार्डडिस्कमा सेभ गरिसकेको छु । कृपया मेरो मायालाई रिसाइकलबीनमा सेन्ड नगरिदेउ । मेरो रिकोएस्ट मानिनौं भने, म आफैंलाई अटो डिलिट गर्नेछु , अगाडी तिम्रो इच्छा !!
तिम्रो जिन्दगीको पासवर्ड ' गोपाल'

ड्राइभरको लवलेटर
मेरो मुटुकी स्टेयरिङ् , चौथो गियर भन्दा धेरै माया ! अहिले सम्म म कण्डिसनमा नै छु , आषा छ, तिमी पनि पञ्चर भएकी छैनौ होला । म घरबाट हिँड्दा तिम्रो चक्का मेरो मतलब खुट्टा ठिक थिएन, राम्रो वर्कसपमा गएर डाक्टरलाई देखाउनु । केटाकेटीलाई गाली गर्दा हर्न सानो पार्नु , छिमेकीले ओभरटेक गर्छन्, आउँदो नपालबन्दमा घर आउँदैछु ,त्यसैबेला बेट्रीचार्ज गरौंला !!
उहि तिमीलाई हर्न बजाउने ड्राइभर माइला,
बि.च.रा.४३२३

SLC फेल ?....No Tenson

पिंकीः ए रिंकी, अनि तेरो एस एल सि परिक्षा कस्तो
भयो त ?
रिंकीः ओ हो पिंकी, हेर न, मेरो त रिजल्टमा एकबोरा
आलु आउला जस्तो छ ।
पिंकीः किन गोबरको थाप्रो जस्तो अनृहार लगाउँछेस् त,
एसएलसि पास नगरे पनि सिनेमा हिरोइन त
पक्का हुन्छेस ।
रिंकीः त्यसो भए म पनि आजैदेखी डाइरेक्टरहरुको फोन
नंबर खोज्नतिर लाग्छृ ।
एसएलसिमा गोलखाडी जानु भएको छ भने तपाईँ पनि हाम्रो कलिउड छाला प्रर्दशन केन्द्रमा आउनोस्,डाइरेक्टर साबलाई भेट्नोस् र भर्ना भइहाल्नोस् । स्किन टेष्टमा पास हृनेहरुलाई एकैरातमा हिरोइन बनाइदिन्छौँ ।

नेपाली कलेज

हात्ती र कमिला

दुई जना कमिला एक आपसमा गफ गर्दै)
पहिलो कमिला: ए साथी उता हेर त
एउटा हात्ती यता आउदैं छ
त्यसलाई ठीक पार्ने हो ।
दोस्रो कमिलाः भै गो छोड्दिउ
बिचरो एक्लै छ ।

खतरा

धरै समय पछि एक दिन दुईवटा लामखुट्टेहरु भेट भएछन् र कुरा गर्ने क्रममा एकले अर्को लामखुट्टेलाई भनेछ- "जव देखि मैले मान्छेको रगत खान छाडेको थिएँ, तव देखि मेरो पेट राम्ररी भरिएको छैन, यार ! के खाने होला ?"

अर्को लामखुट्टेले- "तिमीले किन मान्छेको रगत खान छाडेको यार ?"

पहिलो लामखुट्टेले- "(निरास हुँदै) के गर्ने? हिजो आज मान्छेहरुको रगतमा एड्सको खतरा छ नि यार !"

पुलीस चोर

पुलीस चोरलाई चोरको सामान देखाउँदै

पुलीसः तैंले यो सामान कसरी ल्याइस् ।

चोरः दौडमा जितेर

पुलिसः (आश्चर्य मान्दैं) कति औं भएर

चोरः पहिलो

पुलिसः (उत्सुक हुदैं) अनि दोस्रो र तेस्रो चाहिँ को भए नि ।

चोरः मलाई लखेट्ने पुलिस दोस्रो अनि यस सामानको मालिक तेस्रो ।

भिन्नता

हरि आफ्नो साथी श्यामसँग गफगर्दै जाने क्रममा श्यामलाई सोध्छ
हरि : थाहा छ श्याम एउटा विवाहित पुरुष र अविवाहित पुरुषमा के भिन्नता छ ?
श्याम : विवाह पहिले त्यो पुरुषको एउटा हातमा पुस्तक हुन्छ ,त्यस पुस्तकभित्र प्रेमपत्र अनि फोटो हुन्छन् ।
हरि : अनि विवाह पछि नी ?
श्याम : विवाह पछि उस्को हातमा एउटा झोला हुन्छ । त्यो झोलाभित्र तरकारी अनि सागसब्जी हुन्छ ।

हनुमानको भ्रमण

एकपटक हनुमान पृथ्वी भ्रमण गर्न निस्केछन् । पृथ्वी लोकमा उनी जहाँ जहाँ पुग्थे सबै पृथ्वीबासीहरु हेर्दै जिस्काएझै गरी हाँसिरहेका हुन्थे । यो देखेर उनलाई आश्चर्य लागेछ । र, केही युवतीहरुको नजिग गएर सोधेछन् ।

हनुमान : हैन यहाँका बासीहरु मलाई देखेर किन हाँसिरहेका छन् हँ ?
युवतीहरु : (हाँसोको फोहोरा छोडदै) तिम्रै रुप रङ्ग दे्खेर हाँसेका नी ।
हनुमान : के रे तिमीहरुले मलाई जिस्काएको । तिमीहरुलाई थाहा छैन, म रामभक्त हनुमान हुँ भन्ने कुरा ।
युवतीहरु : हनुमान चाहिँ होइन हनुमानको फ्यानजस्तो चै छौं । पुच्छर पनि क्या सुहाएको, गाला पनि उस्तै रै'छ ।
हनुमान : (रिसाउँदै) तिमीहरुलाई अझै विश्वास लागेन म वास्तविक हनुमान नै हुँ ।तिमीहरुलाई म कसरी विश्वास दिलाऊँ ।
युवतीहरुः यदि तिमी साँच्चै हनुमान हौ भने ल छाती चिरेर राम र सीता देखाउ त ।
हनुमान : किन देखाउन नसक्नु, ल हेर (यति भन्दै हनुमानले छाती चिरेर राम र सीता देखाउन के लागेका थिए । राम हनुमानको छातीबाट बाहिर आएर उनको गालामा एक झापड जमाएर हानेछन् )
हनुमान : (गाला माड्दै) हैन प्रभू तपाईले मलाई किन कुट्नु भएको मैले त्यस्तो केही पाप गरे जस्तो लाग्दैन ?
राम : (रिसाउँदै) अझ के पाप गरेँ भन्छस् तँलाई जहाँ पायो त्यही छाती चिरेर देखाउनुपर्छ ? यहाँ सीता भित्र कपडा फेर्दै छिन भन्ने कुरा तलाई थाहा छैन ।