Thursday, October 26, 2006

चाउचाउ मूलुक नेपाल

श्रीमतीः हैन, छोरोको एड्मिसन गराउनु पर्ने बेला भएन ?
श्रीमानः चाउचाउ खाउ, स्कलरसिप पाई हालिन्छ रे नि !
श्रीमतीः मान्छेका श्रीमती उहाँ हिराको हार लगाएर हिड्छन्, आफ्नो भने.....।
श्रीमतीः चाउचाउ खाउ, त्यो पनि पाइन्छ रे !
श्रीमतीः खै पैसा दिनोस्, चाउचाउ किनेर ल्याउँछु ।
श्रीमानः ल, त्यो पनि चाउचाउ खाउ न, नगद नोट पाइन्छ रे !
श्रीमतीः कति जिस्किएको ? हे भगवान, मैलाई यस्तो लोग्ने किन परेको होलारे !
श्रीमानः चाउचाउ खाउ, न, नयाँ लोग्ने पनि त्यसैमा पाइन्छ कि !!!!

नयाँ संगठनहरु

पाकेटमारः हस्तकला बिशेषज्ञ अधिकार संगठन
चोरः राष्ट्र्वादी छलछाम परिषद
डाकाः शक्ति उपयोग डण्डा बाहिनी
अल्छीः कार्य बिनास समिति
गफाडीः जिब्रोजिबि एकता मञ्च
मुर्खः एकिकुत अबुझ एसेम्बली
ठगः जालझेल समन्वय समिति
चाकडीबाजः मौखिक मसाजकर्मीहरुकौ संयुक्त मोर्चा
यौन अपराधीहरुः नेपाल नेत्रपान संघ

नर्कमा टेलिफोन सेवा !!

हालै विश्वका धेरै देशका राष्ट्रप्रमुखहरु नर्कमा भेट भएछन् । धेरैबेर पछिको छलफल पछि सबैले आ-आफ्नो देशमा फोन सम्पर्क गर्ने निधो गरेर सबै टेलिफोन बुथतिर गएछन् ।
अमेरिकाको राष्ट्रप्रमुखले आफ्नो देशमा फोन लगाएछन्, दुइ मिनेट फोन गरेपछि २००० डलर बिल तिरे त्यसपछि चिनका राष्ट्रपतिको पालो आयो । उनले पनि दुइमिनेटको २०० डलर बिलतिरेछन् । अन्त्यमा नेपालका लाष्टपतीको पालो आयो । उनले पनि दुई मिनेट फोन गरेर बिल मागे ।
नर्कको अपरेटरले: ५ रुपिया दिनोस् ।
नेपाली लाष्टपती
: यो त अचम्म भो ! नेपालीचाहीँ कसरी त्यति सस्तो ?
नर्कको अपरेटर
: लोकल कल भएर !

यमलोक रेष्टुरेन्ट एण्ड बार

मिनु
उल्लुको छोएला: रु. ५० प्रतिप्लेट
भेज पकौडः रु. ७५ प्रतिप्लेट
(गोरुको तेलमा फ्राई गरिएको)
स्यालको फोक्सो: रु. ९० प्रतिप्लेट
चिराइतोको सुपः रु. ७० प्रतिडबका
गड्यौलाको अचारः रु. २० प्रतिचम्चा
भ्यागुता भुटेकोः रु. २५ प्रतिगाँस
गधाको पुच्छरसाँधेको: रु. १५ प्रतिपुच्छर
झिँगाको भुटन: रु. ४५ प्रतिप्लेट

बिशेष अफर
बाख्राका बड्क्यौलाद्धारा निर्मित स्पेशल वाइनः रु. ८० प्रतिघ्याम्पा !!
दुई प्लेट गिद्धको रोष्टको साथमा एक बोतल यमरस सित्थैमा !!
आफु खानोस् र अरुलाई पनि खुवाउनोस्, परेको हामी ब्यहोर्छौ, पैसा तपाइ तिर्नोस् !!
एक पटक हाम्रो यमराज रेष्टुरेन्टको मिनु हेर्नोस्: कहिल्लै फर्किएर आउनु हुन्न !!

जनताको तिहार

माओवादी भन्छन् -जनता
सरकारले भन्छन् -जनता
पार्टिमा डुव्छन -जनता
भोकले मर्छन -जनता
नेताले लुट्छन् -जनता
कराइमा भुट्छन् -जनता
बिक्रीमा लान्छन् -जनता
सिक्रीले बा
ध्छन् -जनता
खाल्टोमा रोप्छन् -जनता
माटोले छोप्छन् -जनता
थाममा बान्छन् -जनता
जा
तोले पिन्छन् - जनता
ढीकीले कुट्छन्
-जनता
लाठाले चुट्छन् - जनता
छाला काड्छन् -जनता
सेतीमा फाल्छन् -जनता
गोलीले भुट्छन् -जनता
कुटेपनि, चुटेपनि -भुटेपनि
जुरुक्-जुरुक् उठ्छन् -जनता ।