Sunday, October 29, 2006

प्रचण्ड वार्ता

प्रश्नः शिखरवार्ता किन सफल भएन ?
उत्तरः नाम नै शिखरवार्ता । वार्तालाई गिरिजाले शिखर चुरोट झैं ठानेकोले ।

प्रश्नः वालुवाटारको वार्ता किन सफल हुदैन ?
उत्तरः वालुवामा कहिल्लै केही फलेको थाहा पाउनु भएको छ !

प्रश्नः संबिधानसभा र संखुवासभामा के फरक छ ?
उत्तरः उस्तै उस्तै हो, दुवै ठाउमा पुग्न कठिन प्रयास गर्नुपर्छ ।
प्रश्नः सेरेमोनियल किङ्ग भनेको के हो ?
उत्तरः शेरेलाई मनीले किन्ने मान्छे नै सेरेमोनियल किङ्ग हो ।