Saturday, October 28, 2006

दौड

२ महिना अगाडी राजेश यस्तो मोटायो कि पडकिएला भन्ने डरले छिमेकीहरु पनि घर छोडेर अन्तै शरण लिने पुगे ।
धेरैदिन सपर्क नभएपछि मैले मोबाईल लगाएः
मः कहा हो यार ?
राजेशः यार, म त धेरै मोटाए। त्यही भएर म अहिले दौडिरहेको छु ।
मः अहिले कहात ?
राजेशः म अहिले बिराट नगर पुगें ।
मः काठमाण्डौमा नै दौडने ठाउहरु थिए नि त ।
राजेशः डाक्टरले दिनको १० किलो मिटरका हिसाबले २०० महिना दौडनु भनेको छ,
काठमाण्डौमा त्यति लामोबाटो कहा
छ र !

No comments: