Thursday, October 26, 2006

जनताको तिहार

माओवादी भन्छन् -जनता
सरकारले भन्छन् -जनता
पार्टिमा डुव्छन -जनता
भोकले मर्छन -जनता
नेताले लुट्छन् -जनता
कराइमा भुट्छन् -जनता
बिक्रीमा लान्छन् -जनता
सिक्रीले बा
ध्छन् -जनता
खाल्टोमा रोप्छन् -जनता
माटोले छोप्छन् -जनता
थाममा बान्छन् -जनता
जा
तोले पिन्छन् - जनता
ढीकीले कुट्छन्
-जनता
लाठाले चुट्छन् - जनता
छाला काड्छन् -जनता
सेतीमा फाल्छन् -जनता
गोलीले भुट्छन् -जनता
कुटेपनि, चुटेपनि -भुटेपनि
जुरुक्-जुरुक् उठ्छन् -जनता ।

No comments: