Thursday, October 26, 2006

नर्कमा टेलिफोन सेवा !!

हालै विश्वका धेरै देशका राष्ट्रप्रमुखहरु नर्कमा भेट भएछन् । धेरैबेर पछिको छलफल पछि सबैले आ-आफ्नो देशमा फोन सम्पर्क गर्ने निधो गरेर सबै टेलिफोन बुथतिर गएछन् ।
अमेरिकाको राष्ट्रप्रमुखले आफ्नो देशमा फोन लगाएछन्, दुइ मिनेट फोन गरेपछि २००० डलर बिल तिरे त्यसपछि चिनका राष्ट्रपतिको पालो आयो । उनले पनि दुइमिनेटको २०० डलर बिलतिरेछन् । अन्त्यमा नेपालका लाष्टपतीको पालो आयो । उनले पनि दुई मिनेट फोन गरेर बिल मागे ।
नर्कको अपरेटरले: ५ रुपिया दिनोस् ।
नेपाली लाष्टपती
: यो त अचम्म भो ! नेपालीचाहीँ कसरी त्यति सस्तो ?
नर्कको अपरेटर
: लोकल कल भएर !

No comments: