Wednesday, October 25, 2006

खतरा

धरै समय पछि एक दिन दुईवटा लामखुट्टेहरु भेट भएछन् र कुरा गर्ने क्रममा एकले अर्को लामखुट्टेलाई भनेछ- "जव देखि मैले मान्छेको रगत खान छाडेको थिएँ, तव देखि मेरो पेट राम्ररी भरिएको छैन, यार ! के खाने होला ?"

अर्को लामखुट्टेले- "तिमीले किन मान्छेको रगत खान छाडेको यार ?"

पहिलो लामखुट्टेले- "(निरास हुँदै) के गर्ने? हिजो आज मान्छेहरुको रगतमा एड्सको खतरा छ नि यार !"

No comments: