Saturday, October 28, 2006

आधुनिक शब्दावली

संवैधानिक राजतन्त्र = संविधानलाई तन्त्र-मन्त्र गरेर स्व.महेन्द्रको
भुत ब्युँताउने झाँक्री माइला।
राज्यरोहण =
ठूलदाइको (मामाको होइन) घोडा मेरो हिँहिँ गर्नु।
शुभराज्यभिषेक =
शोषण र भ्रष्टाचार गरेर राज्यको विजोग पार्नु।
राजपरिषद =
पञ्चायत जन्माउन (२०६३ सालपूर्व) आफू गर्भवती भएको परी
भन्ठान्ने लिंग-भ्रमित पुरुषहरू।
बाहुली =
चोलोको अर्थात् स्त्री जातिको कुनै पनि पहिरनको बाहुला।
हुकुम =
सुर्तिको धुँवाले र्किएर हुक्क-हुक्क गर्नु।
दर्शनभेट =
२०५८ देखि २०६२ सालको वीचमा बांगो मुण्टो लगाई छड्के
आँखाले हेरेर गरिएको तर्साउने भेट।
जुनाफ =
जुनी-जुनीलाई पुग्नेगरी व्यापार र राज्यको ढुकुटीबाट नाफा खानु।
मौसुफ =
मौसम अनुसारको सुप खाने मान्छे।
शाही =
मानवको वध गर्ने "कशाही" (जनावरको वध गर्ने "कसाही" होइन)
सम्राट =
स्वरउस्ताद/सम्राट नारायण गोपाललाई बाहेक नेपालमा कसैलाई यो
उपाधि उपलब्ध हुने छैन।
बक्सिनु =
डिस्कोमा जाँड खाएर जोसुकैलाई बक्सिङ् हान्नु।
भुजा =
ज्यामितिको चतुर्भुज वा त्रिभुजको भुजा अर्थात् हात।
ज्यूनार =
हली, जो राँगा वा गोरु नारेर हलो जोत्छ।
सुकला =
सुकुलमा सुत्नु।
सवारी =
कहिल्यै जनताको भलो काम नगरेपछि उनीहरूले ढुंगामुढा गर्ने डरले
सडक सफाचट पारी भगुवा शैलीमा गाडी हाँक्नु।
सिंहाशन =
सिंहको झैं गर्जन निकालेर घुर्दै सुत्नु।
राजकाज =
बांगो मुण्टो लगाएर टेँडो काम गर्नु।
गोर्खा
दक्षिणबाहु चौपट्ट = देशलाई चौपट्ट पार्ने दक्षिणपन्थीहरूले भिर्ने बिल्ला।

No comments: