Saturday, October 28, 2006

सपिंग

खप्परध्वज सपिंग गर्न चाहान्थ्यो ।
मैले भनें: त्यसकालागी सबैभन्दा सजिलो र सस्तो बजार हो, काठमाण्डौको भृकटीमण्डपको हंगकंग बजार । तर त्यहाको एउटा समस्या के हो भने फिप्टि परसेन्ट बार्गेनिंग गर्नुपर्छ । अर्थात दुइ हजार भन्यो भने हजारमा दिने भनेर घटाउनु पर्दछ ।
खप्परध्वज हंगकंग बजार पस्यो ।
'ओ दाई यता आउनोस् । ओ दाई यता आउनोस् । त्यता हैन यता आउनोस् ।'
यता र त्यता तान्दातान्दै ज्याकेट च्यातिएछ । बिचरा किन्न त उ क्यासेट किन्न गएको थियो, अब ज्याकेट किन्नु पर्ने भयो । एउटा ज्याकेट पसलमा गयो ।
खप्परः यसको कति हो ?
ब्यापारीः २०००
खप्परः १००० मा दिने हो ?
ब्यापारीः ल १५ सय दिनोस् क्या ।
खप्परः साढे सात सय दिनेभए लान्छृ ।
ब्यापारीः किचकिच नगर्नौस् न, १२०० मा लैजानोस् ।
खप्परः ६०० मा दिने हो ।
ब्यापारीः ल ल ल । तपाईंकै भाउ भो, हजार रुपियामा नै लैजानुस् ।
खप्परः ५०० मा दिने भए लान्छु, नत्र गए

ब्यापारी: ( रिसाउदै) क्या गज्जबको मान्छे हुनुहुदो रहेछ यार । २००० को माल १०००
मा दिई रहेको छु बरु सिथ्थैमा लानोस् यार ।

खप्परः ए सित्थैमा भनेर म एउटा मात्रै लैजान्छु भनेको होला । मलाई यो बजारको नियम
थाहा छैन र, फिप्टी परसेन्ट बार्गेनिंग गर्नुपर्छ । खै अर्को एउटा थप्नोस् ।

No comments: