Saturday, October 28, 2006

गान्टे र भुन्टे

गान्टेः तपाईँको बाबुको नाम के हो ?
भुन्टेः बाबुको नाम 'के' होईन, भवानी प्रसाद हो !!

गान्टेः के कामले पाल्नु भो होला ?
भुन्टेः भैंसी दुध खान, कुकुर घर रुङ्न पालेको !!

गान्टेः तपाईँको घडीमा कति बज्यो होला ?
भुन्टेः मेरो घडीमा बज्दैन, यसले त टायममात्र दिन्छ, बज्ने घडी त घन्टाघरमा मात्रै छ!!

गान्टेः आज यसो घुमौं न है ?
भुन्टेः नाईँ, मलाई त घुम्दा रिँगटा लाग्छ !!

गान्टेः मलाई त्यसले गाली दियो यार ।
भुन्टेः के मा राखेर ल्यायौ त ?

गान्टेः आज मलाई जरो आएको छ ।
भुन्टैः उखेलेर फ्याँकिदेउ न !!

गान्टेः जागीर खाएर आउँछु है ।
भुन्टेः थालमा कि गिलासमा खान्छौ ?

गान्टेः मैले झ्यालबाट केटाहरु स्कुल गइरहेको देखें ।
भुन्टेः झ्यालबाट !! कसैको खुट्टा भाँचिएन ?

गान्टेः म त थाकेँ यार ।
भुन्टेः कहिले ब्याएका थियौ र !!

No comments: