Saturday, October 28, 2006

नेपाली काईदा

बिदेशी आएर हामीलाई सिकाउने ! दिशा गरिसकेपछि राम्रोसाग हात धुने गरौं रे......!!
जसले हातमा दिशा पिसाब गर्छ , त्यसैले धुन्छ !! हामी त त्यस्तो नराम्रो काम हातमा गर्दैनौ क्यारे !!
कि त खोलाको किनारमा गर्छौं वा खेतको कान्ला मुनी गर्छौं !
पानी उमालेर खाने गर्नोस् रे ! आन्द्रा डढाउनु छ र उमालेको पानी तन्काएर !!
जसलाई आत्महत्या गर्न मन लाग्छ, उसैले पिओस्, भकभकी उमालेको पानी !!
गलागाँडबाट बँच्न आयोडिनयुक्त नुन प्रयोग गरौं रे ! हामीसँग आफ्नै काइदा छ गलागाँड हटाउने ! -घाटीमा हात लगाएर फु...गर्ने !!
परिवार नियोजन तपाईले गर्नैपर्छ ,गर्नु भएन भने पछि परिवारले तपाइको नियोजन गर्छ !!
कण्डम लगाऔं एड्स भगाऔं रे !हामीलाई उल्लु बनाउने !! परिवार नियोजनको अचुक उपाय हो- एकमात्र स्थायी साधन थ्री नट थ्री !! 'थ्री नट थ्री' (Gun) प्रयोग गर्नुहोस् , सधैको लागी गर्भ रहनबाट छुटकारा पाउनोस् !!

No comments: