Saturday, October 28, 2006

बाँदर बाठो भएपछि...............

एउटा जहाजमा ३ जना मानिस यात्रा गरिरहेका थिए । नेता , हास्यकलाकार र सानो बालक । जहाज ३४ हजारको उचाईमा पुगेपछि पाइलटले एनाउन्स गरेः एटेन्सन प्लिज, जहाजमा प्राबिधिक गडबडी उत्पन्न भएको छ, अबको १० मिनेट पछाडी जहाज खस्दैछ । हामीसंग मात्र २ वटा प्यारासुट छन्, आफ्नो भाग्यको फैसला आफै गर्नुहोला..यति भनेर पाइलट प्यारासुटबाट फाल हान्यो, जहाजमा बांकी रहे ३ जना ।
नेताः मजस्तो नेताको आवस्यतका छ, मचाही जान्छु । (फाल हान्छ )
बुद्धः बाबु, मैले जिन्दगी भोगीसकें, तिमी जाउं, त्यो प्यारासुटबाट ।
बाबुः अंकल २ वटा नै प्यारासुट छन् नि, हाम्रा लागी त ।
बुद्धः पाइलट त २ वटा मात्रै छन् भन्थे, एउटा त नेताले लगिसके ।
बालकः नेता अंकल त झुक्किएर मेरो स्कुल ब्याग भिरेर फालहान्नु भएको नि ।

No comments: